बालिका उप्रेती/सर्लाही
फागुन-१७,जिल्लाको लालबन्दी स्थित एनएमबी बैंकको शाखा र यहाँस्थित गाउमैत्रि हस्पिटलबीच विभिन्न सेवामा सहकार्य गर्ने सहमति भएको छ ।
मंगलवार बैंकका मधेश प्रदेश प्रमुख कमल पाेखरेल र हस्पिटलका संचालक डाक्टर अर्जुन लामाले सहकार्य सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
सम्झौता पत्रमा एनएमबी बैंकका खाताधारी व्यक्ति बिरामी हुदा औषधिबाहेक अन्य सेवा लिँदा १५ प्रतिसत छुट दिने, बैंकका खाताधारीले बिहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म फोनमार्फत अस्पतालका चिकित्सकसँग निःशुल्क परामर्श लिन सक्ने उल्लेख छ ।
सेवाग्राहीको हितलाई मध्यनजर गरी अस्पतालसँग यस प्रकारको सम्झौता गरिएको एनएमबी बैंक लालबन्दि शाखाका शाखा प्रमुख अरुण आचार्यले चियाेचर्चाे खबरफाई जानकारी दिए ।एनएमबि बैंक दि फिनान्सियल टाईम्स, लण्डनको ‘‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरि सकेको छ ।
एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।