कृष्ण थपलिया/सर्लाही
पुस–२०, सुगम जिल्लाको दुर्गम भेग भनेर चिनिने सर्लाहीको लालबन्दी नगरपालिका वडा नं.–१५, सिरकालिन्जोरमा बिजुली बत्ती बालिएको छ ।
भौगोलिक विकटताका कारण जिल्लाको दुर्गम क्षेत्र मानिने वडा—१५ को सिरकालिन्जोरका स्थानीय आसपासको बस्तीमा बिजुली पुगेको दुई दशक भइसक्दा पनि वर्षौँदेखि टुकी साहारामा बस्नुपर्ने बाध्यता थिए । जसको कारण उनिहरुको आर्थिक अवस्था समेत दयनिय रहेको थियो ।

चुरे क्षेत्रमा वसोवास गर्ने उनीहरुमा अन्न बाली लगाउन वर्षा कुर्नुको बिकल्प थिएन । वस्तिको तल्लो भागभएर कालिन्जोर नदी बग्ने भए पनि त्याहाँको पानीको लाभ उनीहरुले लिन सकेका थिएन्न । जसको कारण उनीहरुलाई विहान बेलुकिको छाक कसरी टार्ने भन्ने चिन्ता थियो । बिजुली बत्ती बलेसंगै आफ्ना खेत बारीमा अन्न उत्पाद हुने र दुई छाक टार्न सजिलो हुने उनीहरुको विश्वास छ । “अव हामि खोलाको पानी पम्पिङ गरेर खेती गछौ,“एक स्थानीयले भने’,।
लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारी र नेपाल विद्युत प्राधिकरण लालबन्दी वितरण केन्द्रका प्रमुख संजिव कुमार साहले बुधावार(आज) नयाँ जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बालेर विद्युत सेवा शुभारम्भ गरेका हुन।
आफ्नो गाउँमा बिजुली बत्ती बलेपछि स्थानीय हर्षित भएका छन्। हर्षित स्थानीयले मेयर अधिकारी, वितरण केन्द्र प्रमुख साह र वडाध्यक्ष गोरख बललाई खादा,अविर र माला लगाएर स्वागत गरेका छन् । विद्युत् विस्तारपछि आफुहरूको दैनिकीमा सहजता आएको स्थानीयले बताएका छन् । विद्युत् विस्तारपछि आफ्नो वडाका झण्डै ३ सय ५० घर परिवार लाभान्वित भएका वडाध्यक्ष बलले बताए ।
गत आर्थिक वर्षको प्रारम्भदेखिनै विद्युत् विस्तार थालिएको वडाध्यक्ष बलले बताए । वडामा ५ वटा २० केभीको ट्रान्सर्फमर जडान गरिएको छ । भौगोलिक विकटताको कारण वडा सवै क्षेत्रमा अझै पनि विद्युत विस्तार हुन सकेको छैन । अझै पनि बाहुनी डाडा,फलाके,बादमारा,धापखर्क, माझखोला क्षेत्रमा विद्युत् विस्तार आवश्यक रहेको वडाध्यक्ष बलले बताए ।
लालबन्दी नगरपालिका का प्रमुख (मेयर ) वासुदेव अधिकारीले राज्यले मधेशका जिल्लामा पनि भौगोलिक बिकटता छ भन्ने बुझनु पर्ने बताए । उनले लालबन्दी जिल्लाकै आर्थिक केन्द्र भए पनि भौगोलिक बिकटका कारण सोचेजस्तो बिकास हुन नसकेको बताए । राज्यले यस्ता क्षेत्रको पहिचान गरि भौतिक पूर्वाधार बिकासमा जोड दिनुपर्ने बताए । मेयर अधिकारीले अवसर र चुनौतीको मिलेर सामना गर्न विद्युत् प्राधिकरण र सरोकारवाला निकायलाई आग्रह गरे ।
लालबन्दी वितरण केन्द्रका प्रमुख साहले बिकट क्षेत्र भएकाले प्राधिकरणका कर्मचारीलाई त्याहाँ पुग्नै झण्डै २ घण्टा लाग्ने भएकाले कसरी सेवालाई निरन्तरता दिन सकिन्छ भन्ने चिन्ता लाग्ने गरेको बताए । उनले माग अनुसार क्षमता अभिवृद्धि गर्न प्राधिकरण तयार रहेको बताए ।
लालबन्दी नगरपालिकाको वडा नं.१५ जिल्लाको विकट चुरे क्षेत्र हो । यहाँ हिउँदमा मात्र खोलाको बाटो भएर यातायातका साधनहरू चल्ने गर्छन् । सडक पूर्वाधारको बिकास हुन नसक्दा यहाँ नागरिक आर्थिक दृषिकोणले पछि परेका छन्,भने कयौं नागरिकले समयमै उपचार पाउन नसकेकैकारण अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।