सर्लाही,-२३,सर्लाही सदरमुकाम मलंगवामा बुधबार साँझ केही समय अघि गाेली चलेकाे छ ।

मलंगवा नगरपालिका-९, कृष्णामति माविकाे कम्पाउण्ड पूर्व रिङराेड नजिक साँढे ७ बजेतिर गाेली चलेकाे सर्लाही प्रहरीले जनाएको छ ।
अन्दाजी ३० वर्षका जस्ताे देखिने घाईते युवकको सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालमा अचेत अवस्थामा उपचार भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवालेजनाएकाे छ ।
घटना सम्बन्धमा अनुसन्धान भईरहेकाे सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथाेकीले जानकारी दिए।
घाईतेकाे पहिचान खुल्न बाकी रहेकाे प्रहरी प्रवक्ता बुढाथोकीले जानकारी दिए । घटनाकाे गम्भीर ढंगले अनुसन्धान भइरहे उनलेे बताए ।









