लालबन्दी,साउन २८— अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर सर्लाहीको लालबन्दी ६ का युवाहरुले एकल महिलाको घर निर्माण गर्ने अभियानमा जुटेका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष उज्वल कार्कीको अगुवाईमा युवाहरूले एकल महिला सुनु भुजेलको घर बनाउने अभियान थालेका हुन । सुनुका श्रीमानको आन्द्रामा भएको अल्सरका कारण केही मिहनाअघि निधन भएको थियो ।

श्रीमानको मृत्यु पछि सहारा बिहिन भएकी सुनुको तीन छोरीहरु रहेका छन ।
श्रीमानको मृत्यु पछि उनिहरुको लालनपालको जिम्मा पनि उनैको काधमा आएको छ । आर्थिक अवस्था निक्कै कम्जोर र घर पनी निकै जीर्ण भएकाले उनको घर निर्माणमा आफुलगाएत युवासाथीहरु जुटेका वडाध्यक्ष कार्कीले बताए । स्थानीय मनकारी महानुभावको सहयोगमा उनको लागि टायलले छाएको अर्ध पक्की तीनकोठे घर निर्माण गरिने युवा नेता कार्कीले बताए । घर निर्माणका लागि आजैबाट स्थानीय युवाहरुले रकम जुटाउन सुरु गरेका छन, भने सहयोग पनि जुटिरहेका युवा नेता कार्कीको भनाई छ ।









