
लालबन्दी,साउन १८—नेकपा एमाले सर्लाहीले २०४९ सालमा नेकपा एमालेको तर्फबाट स्थानीय निर्वाचनमा तत्कालीन कर्मैया गाविसबाट निर्वाचित अध्यक्ष शिव प्रसाद ढुंगानाको निधन प्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेको छ । नेकपा एमाले सर्लाहीका अध्यक्ष रेवती पन्तले एक शेक विज्ञप्ति जारी गर्दै ढुंगानाको निधनले पार्टी, परिवार र समाजले एक असल अभिभावक गुमाएको र पार्टीमा अपुरणीय क्षती पुगेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

अध्यक्ष पन्तले नेकपा एमालेका प्रतिष्ठित नेता, समाजसेवी आदरणीय कमरेड शिव प्रसाद ढुंगानाको स्वर्गारहण भएको दुःखपुर्ण घटनाले हामी मर्माहत भएका छौ,‘हामी कमरेड शिव प्रसाद ढुंगानाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दैै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौ,’ विज्ञप्तिमा उल्लेख गरेका छन् । विज्ञप्तिमार्फथ पीडाको यस घडिमा शोकाकुल परिवार, पार्टी पंती तथा स्थानीयवासीमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामना गरिएको छ ।
स्वर्गीय ढुंगाना पंचायती व्यवस्था विरुद्धको आन्दोलनदेखि नै पार्टी सम्पर्कमा रहेर काम गरेका व्यक्ति भएका र आफ्नो घरमा पंचालयतकालको कालरात्रीमा पनि धेरै नेता कार्यकर्तालाई आश्रय दिएर पार्टीलाई सहयोग पुर्यको विज्ञप्ति मार्फत स्मरण गरिएको छ । स्वर्गीय ढुंगानाका परिवारका सवै सदस्य पार्टीमा समाहित भएको उल्लेख छ ।
पार्टी जिल्ला कमिटी सल्लाहकार तथा जेष्ठ कम्युनिष्ट मञ्चको नेतृत्वमा रहेका ढुंगाना,जिम्मेवारीको क्रममा कहिलै विवादमा नपरेका इमान्दारिता र नैतिकतालाई उच्च प्राथमिकता दिने नेता रहेको विज्ञप्तिमा भनिएको छ । स्वास्थ्यमा समस्या भएपछि केही दिन देखि आफ्नै घरमा उपचार गराई रहेका ढुंगानाको,उपचारकै क्रममा साउन १७ गते वेलुकी ९ बजे ९२ वर्षको उमेरमो देहावसान भएको नेकपा एमले सर्लाहीले जनाएको छ ।
२०७८ साउन १८ गते विहान सर्लाहीको वागमती नदीमा नेकपा एमालेले आफ्नो पार्टीको झण्डा ओढाएर स्वर्गीय ढुंगाना प्रति सम्मान जनाएको थियो । स्वर्गीय ढुंगाना जेष्ठ सुपुत्र केशव प्रसाद ढुंगाना नेकपा एमालेका नेता हुन,छोरी नारायणी ढुंगाना सहित परिवारका अन्य सदस्यहरुले सर्लाही जिल्लामा पार्टीलाई स्थापित गर्न ठुलो भूमिका निर्वाह गरेको विज्ञप्तिमा भनिएको छ । पार्टीले स्वर्गीय ढुंगानाको योगदानलाई चिरस्थायी राख्न सक्दो प्रयत्न गर्ने विज्ञप्तिमा उल्लेख छ ।








