![]()
लालबन्दी,भदौ -५,लालबन्दी नगरपालिका विभिन्न वडामा सडक पुनर्निर्माण गरिएको एक साता नबित्दै उप्किन थालेपछि यहाँका स्थानीय आक्राेशित भएका छन् ।
लालबन्दी नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा नगरका विभिन्न वडामा बिग्रिए भत्किएका ४ हजार मिटर कालाेपत्रे सडक पुनर्निर्माणका लागि बलरा नगरपालिका वडा नम्बर -८, स्थित गडैयामा रहेको विवेक निर्माण सेवालाई ठेक्का दिएको थियो ।
![]()
ठेक्का पाएको विवेक निर्माण सेवा गडैयाले गुणस्तरीय काम नगर्दा आफूहरू दिनहुँ धुलो खान बाध्य भएको लालबन्दी नगरपालिका वडा नम्बर ७ र ८ का स्थानीयले बताएका छन् ।
“सडक पुनर्निर्माण भएको एक साता नबित्दै उप्किएर पहिलेको भन्दा पनि नराम्रो अवस्थामा पुगेको छ,´ ठेकेदारले पुनर्निर्माणकाे नाममा आँखामा छारो हाल्ने काम गर्याे,अहिले हामीलाई बसिसक्नु छैन,´स्थानीय ईश्वरी तिमल्सिनाले भने।

´कामको गुणस्तर राम्रो नभएको देखेर हामीले राेक्न पनि प्रयास गरेका हाै,´कसैले वस्ता गरेन्न स्थानीय व्यवसायी विजय आचार्यले बताए, ।
“सडकमा प्रयोग गरिएको निर्माण सामग्री राम्रो र प्रयाप्त नभएको कारण साउन ७ गते गरेको पिच १५ गतेनै उप्कियाे,यसमा कमिसनको खेल भएको हुन सक्छ,´ आचार्यले भने ।
पुनर्निर्माण गरिएको एकसातामै सडक भत्किएपछि अहिले सडक छेउमा रहेका घरको भान्सा,सुत्ने काेठा धुलोले भरिभराउ भएको र धुलोकै कारण स्वास्थ समस्यासमेत देखापर्न थालेको स्थानीयले बताएका छन् ।उनीहरूका अनुसार सडक आसपासका नागरिकमा अहिले घाटी खसखसाउँने ,रूगा खाेकी लाग्ने र ज्वरो आउने समस्या सृजना भएको छ ।
यस विषयमा लालबन्दी नगरपालिका का प्रमुख (मेयर ) वासुदेव अधिकारीसँग बुझ्दा,आफू नगरपालिका आउदाजादा बाटो भत्किसकेकाे देखेर प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यैपानेलाई सडक निर्माण राम्रोसँग सम्पन्न नगरे सम्म भुक्तानी नदिन निर्देशन दिइसकेको बताए ।
“हामी कहाँ चैत वैशाख नभई विकास निर्माणका काम सुरु हुदैनन् ,´ठेक्का सम्झौता भए लगत्तै काम सुरु गरिहाल्न भनेको हाे,ठेकेदारले गरेनन् । ´वर्षामा हतारहतार भनेजस्तो सामग्री राम्रोसँग नराखी काम गरेकाले समस्या आएको हाे,´पुनः राम्रोसँग काम नसकी भुक्तानी नदिन प्रमुख प्रशासकीय अधिकृतलाई भनिसकेको छु,´ नगर प्रमुख अधिकारीले भने ।
उता पुनर्निर्माणकाे ठेक्का पाएको विवेक निर्माण सेवा गडैयाका प्रमुख साहेव राय यादववले आफुले ४ हजार मिटर पुनर्निर्माणका लागि जिम्मा पाएकाेमा ४६-४७ सय मिटर कालोपत्रे गरेको दाबी गरे । उनलेे गुणस्तरीय काम गरेको दाबी गर्दै,सम्झौता अनुसार १६-१७ महिना सम्म बिग्रिए भत्किए आफूलेनै बनाउनुपर्ने भएकोले भत्किएको ठाउँकाे आफूलेनै बनाउने उनले बताए ।ठेकेदार यादवले आफूले २१ लाखमा उक्त ठेक्का लिएको र ६-७ लाख मात्र भुक्तानी पाएकाे बताए ।

ठेदार यादवले यस्तो दाबी गरिरहदा पुनर्निर्माण भएको विभिन्न वडामा कालाेपत्रे हालेको केही दिनमै उप्किन थालेको स्थानीयकाे गुनासो छ।
लालबन्दी नगरपालिका का इन्जिनियर राेशन पण्डितले ठेकेदारले पुनः राम्रोसँग काम नगरेसम्म रकम भुक्तानी नहुने बताए । उनले २६ लाखमा ठेक्का सम्झौता भएको बताउँदै सम्झौता अनुसार काम गर्नुपर्ने बताए ।









