काठमाण्डौ,पुस-२९,सरकारले देशका ७१ वटा जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमालेले भागबन्डा गरेर आयोगमा जिल्ला अध्यक्ष र सदस्य नियुक्त गरेकाप हुन् ।
आयाेगकाे सर्लाही अध्यक्षमा नेपाली कांग्रेसका मधेश प्रदेश कार्य समिति सदस्य मदन विश्वकर्मा नियुक्त भएका छ ।
आयाेगकाे जिल्ला संरचना नाै सदस्य रहेको छ । जसमा अध्यक्ष र तीन जना सदस्य राजनीतिक नियुक्तिबाट आउने प्रावधान रहेको छ,भने नापी कार्यलयका प्रमुख सदस्य सचिव,वन,जिल्ला समन्वय समिति,जिल्ला प्रशासन सदस्य रहन्छन् । सर्लाहीका लागि आफूले अध्यक्षकाे सपथ ग्रहण गरेको र अन्य तीन जना सदस्य नियुक्त हुन बाँकी रहेको नवनियुक्त अध्यक्ष अध्यक्ष विश्वकर्माले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
भूमि व्यवस्था तथा सहकारीमन्त्री बलराम अधिकारीले आज साेमवार नवनियुक्त अध्यक्षहरूलाई काठमाडौंमा शपथ गराएका हुन।
सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले ३५–३५ वटा जिल्ला र सात वटा जिल्लामा मधेश केन्द्रित दललाई भाग दिइएको छ।
शपथ कार्यक्रममा मन्त्री अधिकारीले अब बन्ने भूमि समस्या समाधान आयोगले जग्गासम्बन्धी सबै समस्याहरूको अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।