
सर्लाही,भदौ—९,जिल्लाको लालबन्दी नगरपालिका स्वास्थ्य सेवा प्रदानको क्षेत्रमा उत्कृष्ट ठहरिएको छ । सर्लाही र धनुषा जिल्लाका १० वटा पालिकाहरु मध्ये लालबन्दीले प्रथम स्थान हसिल गर्दै प्रथम भएको हो ।
सहयोगी समाज नेपालले सञ्चालन गरेको एचयथ्भ्ी परियोजना अन्तर्गत शुक्रवार जनकपुरमा भएको समकक्षीय सिकाई असल अभ्यास कार्यशाला कार्यक्रममा लालबन्दी नगरपालिकाको तर्फबाट प्रस्तुत गरिएको शल्यक्रिया सहितको प्रसुति सेवा शिर्षकको असल अभ्यासले प्रथम स्थान हासिल गर्न सफल भएको हो ।
कार्यक्रममा हरिवन नगरपालिकाले प्रस्तुत गरेको असल अभ्यास दोस्रो र नगराईन नगरपालिका, धनुषाले तेस्रो स्थान हासिल गरेको छ ।

के कारण स्वास्थ्य क्षेत्रमा पनि उत्कृष्ट ठहरिदैछ लालबन्दी नगरपालिका ?
प्रथमिक स्वास्थ्य केन्द्रबाट नगर अस्पतालमा स्तरोन्नति गरि गएको फागुन २१ गतेबाट शल्यक्रियामार्फत प्रसूति सेवा सूरु गरिए पछि लालबन्दी नगरपालिकामा स्वाथ्य क्षेत्रको चर्चा चुलिएको हो ।
अस्पतालमा प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. रामविश्वास (राय) दनुवारलाई नियुक्त गरी शल्यक्रिया सुरु गरेपछि अस्पतालमा यो सेवालिनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।
हल सम्म अस्पतालबाट १३० जनाले सफलतापूर्वक शल्यक्रिया गरिएको लालबन्दी नगर अस्पतालका (प्रमुख) मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरी बताए ।

साउन महिनामा मात्र अस्पतालमा १३७ जना गर्भवतीलाई प्रसूति सेवा प्रदान गरिएको छ । जसमा ९३ जनाको नर्मल र ४४ जनाको शल्यक्रिया (सिएस) मार्फत बच्चा जन्मिएको नगर अस्पताल प्रशानले जनाएको छ ।
सेवा लिनेमा लालबन्दी र छिमेकका पालिका तथा जिल्लाहरु रौतहट, महोत्तरी, बारा,धनुषा र शिन्धुलीका रहेका छन् ।
केहि महिना अघि पनि मधेस प्रदेश सरकार र स्थानीय तह बिचको सहकार्यमा संचालित जनस्वास्थ्य प्रयोगशालाहरुमा लालबन्दीले प्रथम स्थान हासिल गरेर सम्मानित हुन सफल भएको थियो ।

प्रदेश भरिका १३६ पालिकामा संचालित प्रयोगशालामध्येमा लालबन्दी उत्कृष्ट हुँदै सम्मान पाउन सफल भएको थियो ।
अस्पतालमा दक्ष जनशक्ति व्यवस्थापन गरिए पछि प्रसूति सेवासंगै अन्य सेवा पनि प्रभावकारी देखिन थालेको छ । फलस्वरुप अस्पताल मा सेवाग्रहीको चाप बढिरहेको छ ।









