आजपाका नवनिर्वाचित पदाधिकारीहरु । तस्बिर : सामाजिक सञ्जाल ।

सर्लाही,भदौ—३, आम जनता पार्टी (आजपा) को सम्पन्न दोस्रो जिल्ला भेलाले डा.नवलकिशोर साहको अध्यक्षतामा ७५ सदस्यीय सर्लाही जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ ।कमिटीको उपाध्यक्षमा सुनिल गुप्ता, प्रमोदकुमार साह, अधिवक्ता दिलीप कर्ण, कोशिला देवी साह, सचिवमा डा.शैलेन्द्र यादव, सहसचिवमा जलन्धर साह, शशि अधिकारी, अधिवक्ता कौशल किशोर साह र कोषाध्यक्षमा विवेक यादव सर्वसम्मत चयन भएका हुन ।


आजपाका उपमहासचिव एवम् प्रवक्ता चन्द्रभुषण साहका अनुसार सदस्यहरूमा देवनारायण चौधरी, सरोज महतो, हरेश साह, जयनाथ साह, मुकेश गुप्ता, राजेश साह, राजिव चौधरी, हासिम हुसैन, लालबाबू साह, राकेश साह, रंजिता चौधरी, दिपेश्वर रौनियार, रामलोचन दास, विकेश महतो, निरुदेवी राउत, लक्ष्मीनिया देवी, रमाशंकर साह, बजरंगी साह, मिथलेश महतो, दिनेश गोसाई, रुपेश साह, बिजय साह, राज यादव, नागेन्द्र महतो, राधेश्याम साह, नसरुदिन मंसरी, श्रीराम साह, सुजय यादव, चन्द्रिका चौधरी, महेन्द्र चौधरी, भोला चौधरी, राम महरा रहेका छन् ।
त्यस्तै कृष्णनन्दन साह, प्रमोद चौधरी, प्रमोद साह, सुनिता साह, धर्मनाथ ठाकुर, रामबाबू साह, विक्रम पासवान, मोहनलाल साह, लक्ष्मण साह, कृष्ण दमन, उमेश चोधरी, भोजे लामा, संजीव गुप्ता, कृष्ण दमन, चंचला कुमारी कुशवाहा, राजेश साह, सुरेश सिंह, मोहन साह, रक्की साह, राजेन्द्र कार्की, सीताराम साह, अजय मुखिया, कमल साह, राजकुमार पासवान, धर्मेन्द्र साह, सुनिल यादव, पञ्चे लामा, बिजय लामा, दिपक गुप्ता, मदन लामा, अजय चौधरी, रिना कुमारी पनि सदस्य चयान भएका छन् ।


दोस्रो जिल्ला भेलाको उदघाटन सर्लाहीको मलंगवामा आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले उदघाट गरेका थिए ।
आजपा नेता डा. नवलकिशोर साहको अध्यक्षतामा सम्पन्न सो भेलामा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष रिता साह, महासचिव त्रिभुवन साह, उपमहासचिव चन्द्रभूषण साह सचिव उमेश कुशवाहा, स्थायी कमिटीका सदस्यहरु रबिन्द्र सिंह, सुनिता साह लगायतका नेताहरुको सहभागिता रहेको थियो ।