हरिवन,जेठ -१८,स्वर्गीय वालकृष्ण वाग्ले स्मृति पुरस्कार कोषबाट शुक्रवार हरिवनमा दुई जना विद्यार्थी पुरस्कृत भएका छन ।
हरिवन नगरपालिका वार्ड नम्वर ८ मा रहेको जनजागृति माध्यमिक विद्यालयमा अध्ययनरत अन्जली स्याडतान एवम् सविन राई हायु वालकृष्ण वाग्ले स्मृति पुरस्कारवाट पुरस्कृत गरिएकाे हो ।


उनिहरुलाई प्रमाण पत्र र नगद ३/३ हजार पुरस्कार दिइएको कोषका सस्थापक चूडामणि वाग्लेले जानकारी दिए।
स्वर्गीय वालकृष्ण वाग्लेको परिवारले उक्त विद्यालयमा एक लाखको अक्षय कोष स्थापना गरेको छ । कोषको व्याजवाट हरेक वर्ष कक्षा ८ मा सर्वोत्कृष्ट अंक ल्याउने एक छात्रा र एक छात्रलाई पुरस्कार प्रदान गर्ने गरिएको छ ।


विद्यालयको प्रांगणमा आयोजित एक समारोह विच हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान एवं स्वर्गीय वालकृष्ण वाग्लेकी धर्ममत्नी पवन कुमारी वाग्लेले पुरस्कार प्रदान गरेका हुन ।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चित्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानअध्यापक चन्द्र मोहन झा र कोषका सस्थापक चूडामणि वाग्लेले पुरस्कारको महत्वको वारेमा धारणा राख्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।