
लालबन्दी, चैत -८, जिल्लाकाे लालबन्दीमा तराइ तथा मधेशमा बढी मात्रामा हुने गरेको बाल तथा जवर्जस्ती बिबाह न्यूनीकरण गर्दै शुन्यतामा पुर्याउने लक्ष्य सहित ग्रामिण नारी उत्थान संघ हरीपुरको सहजीकरणमा संचालित” बाल बिवाह न्युनिकरण सम्बन्धी – CEFM परियोजनाले समन्वयात्मक बैठक सम्पन्न गरिएको छ ।
सेभ द चिल्ड्रेनको आर्थिक तथा प्राविधिक सहयोगमा संचालनमा रहेको परियोजनाले बाल बिवाह,कम उमेरमा हुने बिवाह र जर्बजस्ती हुने बिवाहलाई न्युनिकरण गर्नको लागि परियोजना मार्फत रणनैतिक लक्ष्यका साथ काम अगाडी बढाएको हाे।
बाल बिवाह न्युनिकरणको लागि सर्लाहीका हरिपुर,इशवरपुर र जिल्ला स्तरका संघ संस्थाहरुसँग साझेदारी गरी काम गर्ने परियोजनाको ढाँचा अनुरुप स्थानीय संघ संस्थालाई ग्रामिण नारी उत्थान संघले आशय पत्रको आह्रान समेत गरेको छ ।

बाल बिवाह कुनै पनि ब्यक्ति बिशेषको समस्या नभइ सार्वजनिक सवालको विषय रहेकोले सबै सरोकारवालाले यो विषयमा सचेतना अभियान सञ्चालन गर्नु पर्ने संस्थाका सचिब तथा समन्वय बैठकको अध्यक्षता समेत गर्नु भएका सुर्य प्रसाद चालिसेले बताए।
देशको बाल बिवाहको अबस्था र मधेश प्रदेशमा बाल बिवाहको तथ्याङ्क साथै बाल बिवाह अन्त्यका लागि वर्तमान कानुनी प्रावधानहरुको बारेमा CEFM परियोजनाका परियोजना संयोजक सिर्जना बस्नेतले तथ्याङ्कमा आधारित विषय बस्तु सहित सहजिकरण गरेकी थिइन् ।
समुदायमा आधारित संस्थाहरुसँग परियोजनाले साझेदारीगरि काम गर्नको लागि प्रकाशित आशय पत्रको ढाँचा र आशयपत्रमा समाबेश हुनुपर्ने न्युनतम विषयहरुको सहजीकरणका लागि आयोजना गरिएको बैठक मा कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम अधिकृत शान्तीराम भण्डारीले आवश्यक न्युनतम मापदण्ड र आशयपत्रका विषयमा सहजीकरण गरेकी हुन ।

कार्यक्रममा हरिपुर,ईश्वरपुर र लालबन्दीमा कृयाशिल गैर सरकारी संस्थाका प्रमुखहरु,जनज्योति क्याम्पस,नारायण माबि हरिपुर,युवा क्लबहरु र अन्य सरोकारवाला निकाएका ४१ जनाको सहभागीता रहेको थियो ।
सहभागी अधिकांस संघ संस्थाहरुले कार्यक्रमको औचित्य र आवश्यकताका बारेमा जानकार रहेको र साझेदारीमा सहयोग गर्न तत्पर रहेको बताए।
कार्यक्रम वा कुनै एक पक्षको नभई सम्पूर्ण समाजको अभियान भएकोमा आयोजकले जोड दिएको छ । कार्यक्रम लालबन्दी -९ स्थित होटल युनाइटेड इन मा सम्पन्न गरिएको हो ।









