सर्लाही, पुस-२८,जिल्लाकाे बरहथवा नगरपालिका-९ मा रहेको मुक्तेश्वर मन्दिरको दर्शन आउनुभएका पूर्व राजा ज्ञानेन्द्र शाहलाई यहाँ भव्य स्वागत गरिएको छ ।
पूर्व निर्धारित समय भन्दा केही ढिलाे गरि शनिवार दिउँसो ३ बजे मुर्तिया आइपुग्नुभएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्थानीय नागरिक तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताले भव्य स्वागत गरेका हुन ।


पूर्वराजा आउने थाहापाएका स्थानीय स्वागतमा फूलमाला लिएर बसेका थिए ।स्वागतका लागि हजारौं मानिसको भीड थियो । मूर्तिया मन्दिर परिसर भरिभराउ भएको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता तथा उहाँका समर्थकहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ भन्ने नारा लगाएका थिए ।


पूर्वराजाकाे सुरक्षार्थ सर्लाही प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाइएको थियो । पूर्व राजा ज्ञानेन्द्र शाह पछिल्लो समय देश दौडाहमा हुनुहुन्छ ।