सर्लाही,असाेज-२८,जिल्ला सदरमुकाम मलंगवामा सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको छ ।
मलंगवा नगरपालिका वडा नं वडा नं २ मा सञ्चालनमा आएको आईसियू सहितको म्याक्स मल्टिस्पेसियाल्टी हस्पिटल एण्ड ट्रामा सेन्टरकाे आइतवार (आज) मलंगवा नगर प्रमुख नागेन्द्र रायले उद्घाटन गरेका हुन ।
हस्पिटलमा वरिष्ठ हाड, जोर्नी तथा नशा रोग विशेषज्ञ डां संजय कुमार साह, मुटु रोग विशेषज्ञ डां राजेश कुमार साह, वरिष्ठ स्त्री, प्रसूति तथा नि: सन्तान रोग विशेषज्ञ डां विजय कुमार कापर, डां निमु कुमारी साह, रेडियोलोजिष्ट डां सोहन कुमार साह लगायतका विशेषज्ञ चिकित्सकहरु बाट सेवा प्रदान हुने अस्पताल प्रशासनले जनाएको छ ।
हस्पिटलमा आइसियू, एनआईसियू, भेन्टिलेटर, दुरबिनद्वारा आधुनिक प्रकृयाबाट सल्यक्रिया, ईमरजेन्सी सेवा, २४ औँ घन्टा एम बि बि एस डाक्टर सहितको सेवा, लगायत विभिन्न सेवा प्रदान गरिने म्याक्स हस्पिटलका संचालक बिभाष कर्णले जानकारी दिए।
जिल्लामा सुविधा सम्पन्न अस्पताल नहुदा यहाँका नागरिक जनकपुर, वीरगंज, भरतपुर, धरान, काठमाडौं तथा भारतको विभिन्न अस्पताल जान बाध्य रहेका थिए । महंगो उपचार गराउने बाध्यतालाई अन्तय गर्नको लागि आफुहरूले म्याक्स हस्पिटल सञ्चालन गरेको डा. विजय कापरले जानकारी दिए ।
कार्यक्रममा वक्ताहरूले जिल्लामा रहेको प्रदेशीक अस्पता तथा निजी क्षेत्रबाट सञ्चालनमा आएका अस्पतालबाट प्राय बिरामी रेफर हुने गरेकाले नागरिकमा यहाँका अस्पताल प्रति विश्वास घटेको बताए । उनीहरूले हाल सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आए पछि नागरिकले राहत प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा मधेश प्रदेशका प्रदेश सभा सदस्य जंगीलाल राय यादव, कौशल किशोर राय, सकुन्ती देवी,नेपाली कांग्रेसका पुर्व सभापति लक्षमण राय, लगायत विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।