
कृष्ण थपलिया /सर्लाही भदौ -१७, जिल्लाकाे मलंगवा नगरपालिका–८ स्थित सुविधा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षलगायत संचालक समितिलाई कार्वाही गरि बचतकर्ताकाे हिनामिना भएकाे रकम फिर्ता गराइदिन माग गर्दै, पीडितहरूले जिल्ला प्रशासन कार्यालयकाे मुल गेटमा धर्ना दिएका छन् ।
पीडितहरुले बचत गरेको रकम भुक्तानी नपाएपछि एक साताअघि प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै रकम भुक्तानी नभए आन्दोलन गर्ने घोषणा गरेका थिए ।
एक साता बितिसक्दा पनि रकम फिर्ता गराउन ठाेस पहल नभएको भन्दै उनीहरू आन्दोलनमा उत्रेका हुन ।
उनीहरुले रकम अविलम्व पाउनु पर्ने माग राख्दै आइतवार (आज) जिल्ला प्रशासन कार्यालय अगाडि धर्नामा दिएका हुन्।आफूहरूले सञ्चालकहरू सवैलाई कार्वाहीकाे दायरामा ल्याउ माग गर्दै, आन्दोलनका कार्यक्रम अघि बढाएको सुविधा बचत पीडित संघर्ष समिति संयाेक राजेन्द्र साहले चियाेचर्चाे खबरलाई जानकारी दिए।
उनीहरूले सञ्चलकहरूकाे सम्पत्ति रोक्का गर्नुपर्ने, संस्थाको स्वतन्त्र लेखा परीक्षण गराउनुपर्ने , सञ्चालकले लिएको ऋण सार्वजनिक हुनुपर्ने, आफूहरूले बचत गरेको रकम अविलम्ब फिर्ता पाउनु पर्नेल संस्थाकाे अवस्था बारे स्वेत पत्र जारी गरिनुपर्ने माग राखेर आन्दोलनका कार्यक्रम अघि सारेका छन् ।

उनीहरूले अध्यक्षसहित सबै सञ्चालकलाई कार्वाहीकाे दायरामा ल्याउनु पर्नेमा प्रशासनले आनाकानी गर्दा पीडित झनै पीडित भएको बताएका छन् ।
आफुले जम्मा गरेको रकम माग्न जादा अध्यक्षलाई देखाउदै अन्य सञ्चाक पन्छिछन्,´एक बचतकर्ताले भने। ´प्रशासनले साच्चै पीडितलाई न्याय दिन चाहेको हाे भने सवै सञ्चाकलाई कार्वाहीकाे दायरामा ल्याउनुपर्छ,´ यहाँ प्रशासनकाे नियतमै खाेट देखिन्छ, उनलेे भने।
आफूहरूकाे माग पुरा नभए सम्म धर्मको कार्यक्रम निरन्तर चल्ने उनले बताए । बेवास्ता गरिए अझै शसक्त आन्दोलनका कार्यक्रम ल्याउने उनको चेतावनी थियो ।

उनले मिलेमतोमा ठुलो रकम हिनामिना भएकाले स्वतन्त्र लेखा परीक्षण पछि मात्र यतिनै रकम हिनामिना भएको हाे भन्न सकिने बताए ।
सहकारीबाट रकम हिनामिना गरेको आरोपमा सुविधाका प्रवन्धक दिपकलाल अमात्य, खजान्ची निर्मल श्रेष्ठसहित अन्य दुई कर्मचारी उमेश अधिकारी र कामेश्वर सिंह थुनामा परेका छन् । फरार अध्यक्ष खोजी भइरहेको प्रहरीले जनाएको छ ।









