काठमाण्डाै,भदौ–६,पोखरा हुँदै जोमसोम जानका लागि काठमाण्डौबा छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा मृत्यु हुनेको संख्या आठ पुगेको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तु जयसवालका अनुसार दुर्घटनास्थलबाट २४ जनाको उद्धार गरिएकोमा ८ जनाको मृत्यु भएको हाे ।
उनका अनुसार घाइते १६ जनामध्ये १४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाएको र दुई जनाको स्थानीय स्वास्थ्य संस्थामै उपचार भइरहेको छ ।


ज्यान गुमाउनेमध्ये दुई जना महिला र छ जना पुरुष छन् । बसमा कति यात्रु यात्रारत थिए भन्ने खुलेको छैन । बसका चालक तथा सहचालकको अवस्था अज्ञात रहेको डीएसपी जयसवालले जानकारी दिए ।(तस्बिर:रासस)