काठमाण्डौ,भदौ–६,पोखरा हुँदै जोमसोम जानका लागि काठमाण्डौबा छुटेको बस धादिङको त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको छ ।१० जना घाइते भएका छन् ।उनीहरूकाे गजुरी अस्पतालमा उपचार भैरहेको छ ।


पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-१, छहराबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको हाे ।


गजुरी प्रहरीका अनुसार उद्धारको काम भैरहेको र विस्तृत विवरण आउन बाँकी  छ ।
प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस बिहान ११ः३० बजेतिर त्रिशूली नदीमा खसेको हाे ।