राकेश गुप्ता /सर्लाही
माघ-२७,सर्लाहीको चन्द्रनगर गाउँपालिकामा २० वर्ष पुरा गरि विवाह गर्ने पिंकी कुमारी साह सम्मानित भएकी छिन् ।चन्द्रनगर गााउँपालिकाको विषेश पहल “बाल विवाहको अन्त्य र उच्च शिक्षामा छोरीको पहुँच अभिवृद्धि कार्यक्रम” अन्तरगत वडा नम्बर ७ चन्द्रनगर निवासी पिंकी लाई ५० हजारको चेक हस्तान्तरण गरिएको हाे ।

चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले कक्षा १२ उतिर्ण गरि २० वर्ष पूरा गरि विहे गर्ने पिंकीलाई विवाह मन्डपमै चेक हस्तान्तरण गरेका हुन ।
बालविवाह अन्त्य गर्ने उद्देश्यले १२ कक्षा पास गरि २० वर्ष पछि विवाह गर्नेलाई गाउँपालिकाबाट प्रोत्साहन र सम्मानसाथ अनुदान प्रदान गर्दै आएको छ ।

यसरी आर्थिक सहयोग प्राप्त गर्नेमा पिंकी दोस्रोमा पर्छिन् । यश अघि पालिले वडा नं -२ कि २२ वर्षिया रेणु सिंहलाई पनि ५० हजार आर्थिक सहयोग गरिसके छ ।









