सर्लाही,माघ—२, जिल्लाको लालबन्दी नगरपालिका–१४, नारायणखोलामा रुखबाट लडेर सोमबार एक पुरुषको ज्यान गएको छ ।
रुखबाट लडेर ज्यान गुमाउनेमा नारायणखोलास्थित मिलनचोकका ५८ वर्षीय रामबहादुर स्याङ्बा रहेका छन् । उनी घाँस काट्नका लागि रुख चढ्दा लडेका थिए । स्याङ्बा मृगी रोगी समेत रहेको स्थानीयले बताएका छन् ।
घटना सोमबार बिहान ११ तिर भएपनि प्रहरीलाई भने साँझपख मात्रै जानकारी प्राप्त भएको थियो । साँझपख घट्ना स्थल पुगेको ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलिले प्रारम्भिक अनुसन्धान पश्चात लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको जिल्ला प्रहरी मकार्यालय मलंगवाले जनाएको छ ।
नारायण खोला सर्लाहीको बिकट चुरे क्षेत्र हो । त्यहाँ पुग्न लखन्देखी खोलाको बगरै–बगर हिड्नु पर्छ ।