सर्लाही,भदौ -२८,जिल्लाकाे लालबन्दी नगरपालिकाले सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न दिएको सात दिने अवधि सकिएसंगै सडकमा बनेका संरचना हटाउन सुरू गरेको छ।
कतिपय स्थानीयले नगरपालिकाले जारी गरेको सूचना अनुरूप आफैंले संरचना हटाएका छन् ।
अटेर गरि संरचना नहटाइएकाे ठाउँमा लालबन्दी नगरपालिका का मेयर वासुदेव अधिकारीकाे अगुवाइमा जेसिबि लगाएर हटाउने काम भइरहेको छ ।
स्वच्छ, सुन्दर र समुन्नत नगर निर्माण गर्ने उद्देश्यले अभियान थालिएको हुदा सवैकाे साथ पाइएको नगर प्रमुख वासुदेव अधिकारीले बताए ।
नगरकाे राजमार्ग क्षेत्रमा ठेलागाडी, स्टल, पसल, ई–रिक्सा, अटो, म्याजिक लगायत सडकको दायाँबायाँ ७५ फिट भित्रै रहदा दुर्घटनाको जाेखिम बढी रहेको जनगुनासोकाे सम्वाेधन गर्न नगरले अभियान सुरु गरेको नगरप्रमुख अधिकारीले बताए ।
सडकको दायाँबायाँ ७५ फिट भित्र पर्ने साना ठुला सवै संरचना पक्षपात रहित ढंगले खाली गरिने नगरप्रमुख अधिकारी प्रस्ट परे । केही पूर्व जन प्रतीनहरूले भने अभियानलाई साथ दिनुको साटो धम्कीपूर्ण ढंगले अभियानकाे बिराेधमा बाेलिरहेकाे नगर प्रमुख अधिकारीले बताए ।
नगरपालिकाले जारी गरेको सूचनामा २७ गते भित्र सडकको दायाँबायाँ ७५ फिट क्षेत्र खाली गर्न भनिएको थियो ।
अटेर गरि नहटाइएका संरचना प्रहरी प्रशासनकाे सहयोगमा आज (मंगलवार ) बाट हटाइएको हाे ।
यश अघि सडक क्षेत्र खाली गराउन नगरपालिकाले गरेको प्रयासमा सहयोग पुर्याउने उद्देश्यले सचेतनामुलुक र्याली निकालिएको थियो ।
उक्त र्यालीमा लालबन्दी नगरपालिका, उद्योग वाणिज्य संघ लालबन्दी, चेम्बर अफ कमर्श लालबन्दी, बाल संरक्षण संस्था लालबन्दी, लालबन्दी जेसिस लालबन्दी,विद्यार्थी,प्रहरीको सहभागीता रहेको थियो ।
जिल्लाकाे हरिवन,मलंगवा लगायतका स्थानमा पनि याे अभियानले तिव्रता पाइरहेको छ ।