लालबन्दी,पुस-२१,सर्लाही सहित देशका विभिन्न जिल्लाको प्रमुख नगदे वालिको रुपमा रहेको उखुको मुल्य कायम गर्न गरिएको वेवास्ता प्रति नेकपा (एकीकृत समाजवादी)ले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा (एकीकृत समाजवादी) सर्लाहीका अध्यक्ष सुरेन्द्र लामाले आज (बुधवार) एक प्रेस विज्ञप्ति जारी गर्दै वर्षको एक पटक विक्री गरेर वर्ष भरीको खर्च धान्नु पर्ने उखु किसानहरु मुल्य कायम नहुदा समस्यामा परेकाे उल्लेख गरेका छन् ।
विज्ञप्तिमार्फ अध्यक्ष लामाले हरेक वर्ष झै यो वर्षमा पनि उखुको न्युनतम मूल्य समयमा नै तय गर्न सम्वन्धित पक्षहरु असफल भएका उल्लेख गरेका छन् । नेपाल सरकार, चिनी उत्पादक उद्योग र उखु किसान नेताहरु यो विषयमा सम्वेदनशिल भएको उनको आराेप छ ।
मुल्य तय गर्न राज्य गम्भिर नहुनु, सधेरै झै उद्योगीहरुले ढिलो उद्योग चलाउने स्वार्थ राख्नु र किसान नेताहरुले यस विषयमा प्रभावकारी रुपमा प्रस्तुत हुन नसक्नु अहिलेका कमजोरी हुन,”विज्ञप्तिमा भनिएको छ”, ।
राज्य र उद्योगीहरु संवेदनशिल नभए किसानहरुले दवावमुलक कार्यक्रम ल्याएर भए पनि छिटो भन्दा छिटो उखुको उचित मुल्य घोषणा गराउन पहल कदमी लिन ढिलो भईसकेको विज्ञप्तिमा भनिएको छ ।
हामी तत्काल उखुको उचित मुल्य कायम गरि किसानलाई न्याय दिन जोडदार माग गर्दछौ, “विज्ञप्तिमा उल्लेख छ,”।
मूल्य तय नहुदै किसानले उखु काट्नु पर्ने वाध्यता श्रृजना हुनु आफैमा खेदजनक काम हो ।सर्लाहीको दक्षिणी क्षेत्र सहित कतिपय स्थानमा अझ पनि उखुको पुरानो भुक्तानी हुन नसक्नुले राज्य र चिनी उद्योगीहरुको किसानमारा नीति स्पष्ट भएको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमार्फ नेकपा (एकीकृत समाजवादी) सर्लाहीले किसानहरुको वाकी रकम तत्काल भुक्तानी गर्न पनि जोडदार माग गरेको छ ।
किसानको भुक्तानी नदिने उद्योगहरुको खाता र सम्पति रोक्का गर्न नेपाल सरकारले थालेको पहलको भने नेकपा (एकीकृत समाजवादी) सर्लाहीले स्वागत गरेको छ ।