सोम दियाली
लालबन्दी, साउन—६, नेपाली राजनीतिका शिखर पुरुष महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४२ औं स्मृति दिवस आइतवार (आज) सर्लाहीमा पनि मनाइएको छ ।
लालबन्दी नगर वाङ्मय परिषद्को आयोजनामा विपीको राजनीतिक तथा साहित्यक योगदानको चर्चापरिचर्चा गर्दै दिवस मनाइएको हो ।
कार्यक्रमका प्रमुख अतिथी लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले अहिलेको नेतृत्वलाई नेपाली जनतामा केन्दि«त गरेर लान सके विपीको उच्च सम्मान हुने र उहाँका विचारले सार्थकता पाउने बताउनुभयो । उहाँले भन्नुभयो,‘विपी भन्नुहुन्थ्यो गाउँको विकास नभएसम्म नेपालको विकास हुँदैन ।’
विपीले गाउँको विकासमा बढी जोड दिनु भएको कुरा बताउनुहुँदै मेयर अधिकारीले अहिलेको अवस्थामा नेपाली समाज जुन हिसावमा जानुपर्ने हो त्यसरी जान नसकेको कारण राजनीतिक नेतृत्वको कहिलेकाही खडेरी परेको जस्तो आभास हुने गरेको बताउनुभयो ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि काँगेस नेता दिपक अधिकारीले आलोचना सहन सक्ने विपीको असल बानी आफूलाई निकै मन परेको बताउनुभयो । अहिलेको परिस्थितिमा कसैमा पनि आलोचना सहन सक्ने क्षमता नभएको बताउनुहुँदै नेता अधिकारीले आलोचना गर्दा विरोध ग¥यो भन्ने आरोप लाग्ने गरेको बताउनुभयो ।
विपी एक महान राजनीतिज्ञ भएको बताउनुहुँदै उहाँले एमालेका तत्कालीन नेता मदन भण्डारीको पनि मन पर्ने नेता विपी नै थिए भनेर बताउनुभयो ।
त्यस्तै काँग्रेस नेता सुशील शर्माले विपी अत्यन्तै अध्ययनशील व्यक्तित्व भएको बताउनुभयो । उहाँले विपीले साम्यवाद कन्ठस्थ गरेको बताउनुहुँदै भन्नुभयो,‘उहाँले कङक्रिडको शहर बनाउने कन्सेप्ट कहिल्यै पनि लिनुभएन । उहाँले त सामान्य खालको समाजवादको कल्पना गर्नुभएको थियो । तर समय अहिले ठिक उल्टो छ । विपीले परिकल्पना गरेभन्दा ठयाक्कै उल्टो ।’ उहाँले विपी नेपालको प्रजातान्त्रिक आन्दोलनको एउटा अग्रणी व्यक्तित्व भएको बताउनुभयो ।
त्यस्तै साहित्यकार रमेश भट्टरार्य सहृदयीले विपी नेपाली राजनीति र साहित्यमा एक अब्बल व्यक्तित्व भएको बताउनुभयो । विपीको राजनीतिक तथा साहित्यक यात्राको चर्चा गर्नुहुँदै सहृदयीले विपीको कथाकारीता, आख्यानकारीताको गहिराई जीवन जगत र मनोविज्ञानलाई मिठो र संयमित ठंगले छुने खालको रहेको बताउनुभयो । उहाँको राजनीतिक जीवन हेर्दा साहित्यकार होईनन जस्तो, साहित्य पढदा राजनीतिज्ञ होईनन जस्तो लाग्ने खालको तर राजनीति र साहित्य दुवैमा अब्बल व्यक्तित्व रहेको बताउनुभयो ।
त्यस्तै साहित्यकार विवस पौडेलले विपीको उपन्यासहरुको चर्चा गर्नुभयो । उहाँले विपीको हिटलर र यहुदी, दोषी चस्मा, सुम्निमा, बाबु–आमा र छोरा लगायतका साहित्यीक कृतिहरुको चर्चा गर्नुभयो । उहाँले विपीका सबै उपन्यास तथा कृतिहरु उत्कृष्ट रहेको बताउनुभयो ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिनु भएका विश्वेश्वरप्रसाद कोइराला नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली र हिन्दी भाषाका साहित्यकार हुनुहुन्थ्यो । उहाँले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व, सन् १९५९ देखि १९६० सम्म नेपालको प्रधानमन्त्री, र नेपालमा प्रजातन्त्र स्थापाना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभएको थियो । उहाँको देहवसान वि.सं.२०३९ साउन ६ गते भएको थियो ।
यस्ता महामानवको स्मृति दिवस हरेक वर्ष विविध कार्यक्रम गरि मनाउने गरिएको छ । यहाँ पनि लालबन्दी नगर वाङमय परिषदले अध्यक्ष अच्यूत अधिकारीको अध्यक्षतामा उहाँको स्मृतिमा विश्वेश्वरमा दृष्टी विषयक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको सञ्चालन शिक्षिका सुमित्रा आचार्यले गर्नु भएको थियो ।