
मलंगवा, जेठ –३, नेकपा एमाले सर्लाही नवौं जिल्ला अधिवेशनबाट अध्यक्ष राजनारायण साह सहित उनकै प्यानल विजयी भएका छन् ।
साह २८० मत सहित विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी गणेश प्रसाद प्रसाईं २६८ र जय प्रकाश यादवले २० मत प्राप्त गरेका छन् । प्रसाईं हरिवन नगरपालिकाका पूर्व मेयर हुन ।
त्यस्तै अध्यक्ष राजनारायण साहकै प्यानलबाट उपाध्यक्षमा विदुर प्याकुरेल विजयी भएका छन् । उनलेे २६२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी पार्वती विश्वकर्मा १७१ र प्रकाश थापाको १२१ मत प्राप्त गरेका छन् । साहकै प्यानलबाट सचिबमा १७७ मत सहित डिल्ली अधिकारी विजयी भएका छन् भने निकटतम प्रतिद्वन्द्वी बलराम पोखरेलले १३९, सुनिल श्रेष्ठ १३१ र चूडामणि वाग्लेले ८६ मत प्राप्त गरेका छन्।
उपसचिव महिलातर्फ विभा नेपाल २६३ मत सहित विजयी भएकी छिन् एकावती चौधरी २५८ मत प्राप्त गरेकी छिन् । उपसचिव खुल्लातर्फ बलराम एस्माली मगर २१७ मत प्राप्त गरि विजयी हुदा अजय सिंह १०१, मोहन भण्डारी १०२, सन्तोष आचार्य ७१, लक्ष्मण साह कलवार १८ र संजिव सिंहले १७ मत प्राप्त गरेका छन् ।

लेखा समिति अध्यक्षतर्फ १६३ मत सहित रमेश चौलागाईं विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी उत्तम परियारले १६२ मतल प्राप्त गरेका छन् । साेही पदमा माधव प्रसाद सुवेदीको १५१ मत प्राप्त गरेका छन् । लेखा समितिकै सचिबमा हरिवन नगरपालिकाकी पूर्व उपमेयर रेणुका पौडेल २५२ मत प्राप्त गरि विजयी हुदा उनीकाे निकटतम प्रतिद्वन्द्वी विनय कुमार साह १२८ र लक्ष्मी कुमारी दाहालको ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै अन्य पद हरूमा पनि प्रायः अध्यक्ष साह प्यानलकै विजयी भएका छन् ।









