
राजु तामाङ/हरिवन
माघ -१६,सर्लाहीको हरिवनमा आइसर कम्पनीको महा एक्सचेन्ज मेला सुरु भएको छ । मंगलवार हरिवनमा रहेको बराईली इन्जिनियरिङ वर्कसपमा एक औपचारिक कार्यक्रमका बीच तीन दिने महा एक्सचेन्ज मेला सुरु गरिएको हो ।
नेपालका लागि आइसर कमर्सियल भेहिकलको आधिकारिक वितरक बतास एम ए डब्लु कमर्सियल भेहिकल प्रालि तथा हरिवन ११ मा रहेको बराईली इन्जिनियरिङ वर्कसपको आयोजनामा मेला सुरु गरिएको हो ।

आइसर कम्पनीको सर्भिसिङ सेन्टर र पार्ट्सका सामानहरु उपलब्ध गराउने उद्देश्य सहित बराईली इन्जिनियरिङ वर्कसप हरिवनमा मेला सुरु गरिएको आयोजकले जनाएको छ ।
कुनै पनि कम्पनीको जुनसुकै अवस्थाको पुरानो गाडी ल्याएर अधिकतम पावर अत्याधुनिक प्रविधिको नयाँ आइसर कम्पनीको गाडी एक्सचेन्जमा लान सकिने छ ।
त्यस्तै ग्राहकले ल्याएको कुनैपनि अवस्थाको गाडी गुडेपनि नगुडेपनि न्युनतम ४ लाख रुपैयाँ पाउने कार्यक्रममा जानकारी गराइएको थियो । आइसर कम्पनीले बस, ट्रक, ट्रिफर र मिनी ट्रक जस्ता विभिन्न प्रकारका सवारीसाधन उपलब्ध गराइएको छ ।

बराईली इन्जिनियरिङ वर्कसपका सञ्चालक किशोर बराईलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि हरिवन नगरपालिकाको नगर प्रमुख रमेश बुढाथोकी (कमल) ले रिवन काटेर मेलाको उद्घाटन गरेका थिए ।
कार्यक्रममा पुर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेती,हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान,बिदुर प्याकुरेल, चुडामणि वाग्ले, ११ का वडा अध्यक्ष शेष मेहबुब रेजा, देवराज चौलागाइ, हरिवन उद्योग वाणिज्य संघ, चेम्बर अफ कमर्स, सर्लाही सुनचाँदी व्यवसायी संघका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।









