जितेन्द्र कुशवाहा /सर्लाही
नेपाल आयल निगमले डिजेल र मट्टितेलकाे मूल्य फेरी घटाएको छ। निगमले मंगलवार एक विज्ञप्ति जारी गर्दै बुधबार बिहान १२ बजेर १ मिनेट देखि लागू हुने गरी डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ४ रुपैयाँले घटाएको हो।


स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अब काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६४ रुपैयाँ पर्ने छ । यस अघि भने काठमाडौं उपत्यका, पोखरा र दिपायलमा डिजेल र मट्टितेलको भाउ प्रतिलिटर १६८ रुपैयाँ थियो ।


निगमले पेट्रोल र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको जनाएको छ । यस अघि निगमले असोज २८ गते पेट्रोलको भाउ लिटरमै ११ रुपैया घटाएको थियो ।


नेपाल आयल निगमले पहिलो वर्गमा चारआली, विराटनगर, जनकपुर, अमलेखगंज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज राखेको छ,भने दोस्रो वर्गमा सुर्खेत र दाङलाई। त्यस्तै काठमाडौं पोखरा र दिपायल तेस्रो वर्ग अन्तर्गत पर्छन्।