
सर्लाही,असाेज-३,संविधान दिवसको अवसरमा बुधवार (आज)बिहान सदरमुकाम मलंगवामा प्रभातफेरि निकालिएको छ ।
प्रभातफेरी पछि फूलमाला अर्पण गरि शहीदहरु प्रति सम्मा प्रकट गरिएको थियो । साे अवसरमा जिल्ला प्रशासन कार्यालय परिसर जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह,झण्डोत्तोलन गरिएका थिए ।

संविधान दिवस आयोजक मूल समारोह समितिको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, उपप्रमुख जीतेन्द्रकुमार महतो, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद
घिमिरे, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, सुरक्षा अधिकारी, नागरिक समाज,कर्मचारी, विद्यार्थीलगायत सहभागी रहेको थियो।

त्यस्तै बरहथवा नगरपालिकाले नगर सरसफाइ गरेर संविधान दिवस मनाएको छ।
बुधबार बिहान विभिन्न राजनीति दलका प्रतिनिधी ,नेपाल प्रहरी , सशस्त्र प्रहरी, स्थानीय ब्यापारी ,विभिन्न संघसंस्था र नागरिकहरुले संयुक्तरूपमा नगरको सरसफाइ गरेका हुन।

नगर सरसफाइमा नगर प्रमुख कल्पना कटुवाल,उपप्रमुख रामबाबु साह, प्रमुख प्रशासकीय अधिकृत मदनकुमार थापा, इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक लगायत वडाध्यक्षहरुको सहभागीता रहेको थियो।
बुधबार साझ दीप प्रज्वलन गर्ने कार्यक्रम राखिएको नगरका कानुनी सल्लाहकार महेश बरालले जानकारी दिए ।

गए साँझ सदरमुकाम मलंगवामा संविधान दिवसलाई स्वागत गर्न दीप प्रज्वलन गरिएको थियो ।









