सर्लाही,माघ-१४, जिल्लाको चन्द्रनगर गाउँपालिका का अध्यक्ष राजकुमार महताेले पालिकाकाे ४ वटा वडाका एकल बिधवा महिलाहरुलाई न्यानो फाइबर सिरक प्रदान गरेका छन् ।
अध्यक्ष महताेले शुक्रवार हिजो र आज शनिवार गाउँपालिका बाट तर्फबाट फाइबर सिरक वितरण गरेका हुन ।

अध्यक्ष महतोले टेवाको आर्थिक सहयोगमा भोर जनकपुर र गाउँपालिकाको आर्थिक सहयोगमा ९ सय ७० जना एकल महिलालाई न्यानो फाइबर सिरक वितरण गरे ।
अध्यक्ष महतोले आज वडा नं. ४ पोखरीया र वडा नं. ६ कामदमा न्यानो पाइबर सिरक वितरण गरे । वडा नं. ४ मा करिब १ सय माथी र वडा नं. ६ मा करिब १ सय २५ जना एकल बिधवा महिलाहरुलाई न्यानो सिरक प्रदान गरिएको चन्द्रनगर गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत मदन थिङगले चियाेचर्चाे खबरलाई जानकारी दिए ।
फाइबर सिरक पाएपछि एकल महिलाहरु खुसी भएका छन् । शितलहर बाट प्रभावित करिब ३ सय एकल बिधवा महिलाहरुलाई शुक्रवार पनि फाइबर सिरक वितरण गरिएको थियो ।
अहिले सम्म ४ वटा वडामा सिरक वितरण गरिएको र बाँकी रहेको ३ वटा वडामा पनि ,आइतवार वितरण हुने अध्यक्ष महतोका स्वकीय सचिव उमेश साहले जानकारी दिए ।

यता लालबन्दी नगरपालिका वडा नं.८ का वडाध्यक्ष शुक्र लामाले पनि घरघरमै पुगेर फाइबर सिरक वितरण गरेका छन् ।
अध्यक्ष लामाले वडाका अपाङ्ग, अत्यन्त गरीब र असहायलाई घरघरमै पुगेर फाइबर सिरक वितरण गरेका हुन।
वडाको चालू आर्थिक वर्ष २०७९/०८० काे बजेटबाट ६८ वर्ष पुगेका १५२ जना वृद्धवृद्धा अपाङ्ग, अत्यन्त गरीब र असाहे नागरिकले फाइबर सिरक प्राप्त गरेका हुन ।









