जनकपुर,पुस-३०,मधेस प्रदेशमा सभामुख चयनका लागि माघ २ गते मतदान हुने भएको छ ।
सभामुखका लागि नेपाली कांग्रेसका नेता जंगीलाल राय र नेकपा एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेका मण्डललाई नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसबाहेकका अरु राजनीतिक दलले समर्थन गरेका छन् ।
सभामुखमा सत्ता गठबन्धन भन्दा बाहिरबाट नेपाली कांग्रेसका जंगीलाल रायले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन् ।

रायलाई एकीकृत समाजवादीले समर्थन गरेको छ । सत्तारुढ गठबन्धनको भागवण्डामा मधेशको सभामुख नेकपा एमाले र उपसभामुख जनमत पार्टीले लिने सहमति भएको छ ।
प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले पहिलो, २२ सांसदसहित नेपाली कांग्रेस दोस्रो र १६ सांसदसहित जनता समाजवादी पार्टी (जसपा) तेस्रो र १३ सांसदसहित जनमत पार्टी चौथो दल छन् ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीको ७ सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका १–१ जना सांसद छन् ।









