लालबन्दी, फागुन -१,नेपाली कांग्रेस लालबन्दी -५,मेजरगंजका क्षेत्रीय प्रतिनिधि नेत्रप्रसाद पाेखरेल (शालिकराम ) काे निधन भएको छ ।


फाेक्साेमा समस्या आएपछि झन्डै एक महिनादेखि भक्तपुर स्थित क्यान्सर अस्पताल उपचार गराउदै आएका पाेखरेलकाे आज बिहान निधन भएको हाे ।
२०१७ सालमा जन्मिएका पाेखरेल नेपाली कांग्रेसमा सक्रिय हुनु अघि शिक्षण पेशामा संलग्न थिए ।
संगठन भित्र शालीन व्यक्तिको छवि बनाएका पाेखरेलकाे निधनले नेपाली कांग्रेसले एउटा असल कार्यकर्ता गुमाएको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं -१, (ख) का क्षेत्रीय सभापति सीताराम दाहालले बताए ।
स्वर्गीय पाेखरेलकाे आजै बागमती नदीमा दाहसंस्कार गरिएको छ ।दाहसंस्कार गर्नुअघि नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय,सत्यदेव सिंह दनुवार,बर्तमान जिल्ला काेषाध्यक्ष बाबुकाजी प्रधान , क्षेत्र नं -१ का क्षेत्रीय सभापति हरि लुङगेली,क्षेत्र नं -१, (ख) का क्षेत्रीय सभापति सीताराम दाहाल लगाएका नेता कार्यकर्ता हरूले पाेखरेलकाे शवमा पार्टीको चारतारे झण्डा ओडाएका थिए ।
बागमती स्थित घाटामा पुगेका उनका आफन्त तथा कांग्रेस कर्याकर्ताहरूले २ मिनेट माैनधारण गर्दै स्वर्गीय पाेखरेल प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।


स्वर्गीय पाेखरेलकाे दाहसंस्कारमा पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ,जिल्ला उपस्थिति एवम् जिल्ला सभापतिका उमेदवार सुरेन्द्र प्रसाद सिंह नेपाली कांग्रेसका नगर तथा  क्षेत्रका पदाधिकारीहरू ,महासमिति सदस्य ,क्षेत्री प्रतिनिधिहरू र उनको आफन्तकाे उल्लेखनीय  उपस्थिति रहेको थियोे ।स्वर्गीय पाेखरेका श्रीमती,एक छाेरा र छाेरी रहेका छन् ।