काठमाडौं, पुस-११, नेपाल प्रहरीले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ।
प्रहरी प्रधान कार्यालयको कानून शाखाद्वारा बिहीवार जारी गरिएको सूचनामा एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जना रहेका छन् ।
तोकिएको समयभित्र हाजिर हुन नआए उनीहरूलाई सेवाबाटै हटाउने सूचनामा उल्लेख छ।