सर्लाही,मंसिर -११, जिल्लाकाे लालबन्दी नगरपालिका वडा नम्बर -४ मा रहेका विभिन्न प्रतिष्ठानले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका छन् ।
प्रतिष्ठानहरूले लालबन्दी नगरपालिका -४ हरिभवन करहियामा रहेको शिशु कल्याण जनता माध्यमिक विद्यालयमा अध्ययनरत २२ जना विद्यार्थीलाई एक कार्यक्रमका बीच छात्रवृत्ति प्रदान गरेका हुन।
स्वर्गीय कर्णबहादुर थापा तथा टिकाकुमारी थापा स्मृति प्रतिष्ठान,श्री नरबहादुर श्रेष्ठले तथा श्रीमती मधुमाया श्रेष्ठ प्रतिष्ठान,स्वर्गीय मानसिंह थापा तथा पवित्रा थापा प्रतिष्ठान,स्वर्गीय राजकुमार सिंह हमाल स्मृति प्रतिष्ठान,स्वर्गीय दिनानाथ दुलाल तथा थानकुमारी दुलाल स्मृति प्रतिष्ठान,स्वर्गीय बाेधराज दाहाल,हाेमकुमारी,पद्मकुमारी,हरिमाया,हरिप्रसाद,चित्रकुमारी, पद्मकुमारी दाहाल स्मृति प्रतिष्ठान र स्वर्गीय इपकुमार कार्की स्मृति प्रतिष्ठानले विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरेका विद्यालयका शिक्षक एवम् अन्वेषक तथा कथाकार देवराज पाैडेलले जानकारी दिए ।
उनका अनुसार कक्षा ११ र १२ मा अध्ययनरत १२ जना विद्यार्थीले जनही ५ हजार का दरले र कक्षा १ देखि १० सम्म अध्ययनरत १० जना जेहेन्दार,दलित आदिवासी,जनजाति विद्यार्थीहरूले दुई हजार ५ सयका दरले छात्रवृत्ति प्राप्त गरेका हुन ।
त्यस्तै स्वर्गीय इपकुमार कार्की स्मृति प्रतिष्ठानले १० दर्जन कापी -१० दर्जन पेन्सिल र ५ दर्जन इरेजर प्रदान गरेकाे थियो । स्वर्गीय दिनानाथ दुलाल तथा थानकुमारी दुलाल स्मृति प्रतिष्ठानका अध्यक्ष जनार्दन दुलालले पनि व्यक्तिगतरूपमा १ सय थान कापी र १ सय थान डटपेन प्रदान गरेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मीनारायण चाैधरीकाे अध्यक्षता तथा लालबन्दी -४ का वाडाध्यक्ष सत्यनारायण चाैधरीकाे प्रमुख आतिथ्यतामा छात्रवृत्ति वितरण कार्यक्रम भएको हाे ।