लालबन्दी,श्रावण- २८, लाेकप्रिय आवाज दैनिकका पत्रकार मुकेश झाले आफ्नी छोरी सन्ध्या झाको जन्मदिनको अवसरमा वृद्धाआश्रममा मिष्ठान्न भोजन गराएका छन् ।
हरिपुर्वा नगरपालिका वार्ड नम्बर २ का पत्रकार झाले साेमवार आज विहान लालबन्दी २ स्थित पद्म भुवनेश्वरी नमूना वृद्धाआश्रममा आश्रित वृद्धवृद्धाहरुलाई मिष्ठान्न भोजन गराएका हुन ।


छोरी सन्ध्या ९ वर्ष पूराभई १०औं वर्षमा प्रवेश गरेको शुभअवसरमा आफ्नी आमा, श्रीमती वर्षा र छोरी सन्ध्या झालाई सँगै लिएर आश्रम आई पुग्नु भएका पत्रकार झाले आश्रममै केक काटेर छोरीको जन्मदिनको खुशियाली साटेका थिए ।
वृद्धवृद्धा बुबाआमालाई एक छाक मात्रै भए पनि मिठो खुवाउन पाउनु अत्यन्तै पूण्यको कार्य हुने ठानेर छोरीको इच्छा अनुसार मिष्ठान्न भोजनको कार्यक्रम गरिएको पत्रकार झाले बताए । 

कार्यक्रममा आश्रमका संरक्षक बासुदेव शरण कोईराला, नेपाल पत्रकार महासंघका मधेश प्रदेशका कोषाध्यक्ष विश्वनाथ ठाकुर, महासंघ सर्लाही शाखाका अध्यक्ष टंक क्षेत्री, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण थपलिया,प्रेस युनियन मधेस प्रदेश उपाध्यक्ष साेम दियाली, प्रेस सेन्टर सर्लाहीका अध्यक्ष श्रवण थापा, जनजाति पत्रकार महासंघका सर्लाही अध्यक्ष घनश्याम बलंपाकी,जयगंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गणेश रायलगायत  छोरी सन्ध्याकाे जन्माेत्सव कार्यक्रममा सहभागी भएर  शुभकामना दिएका थिए ।
कार्यक्रममा जिल्लाका विभिन्न मिडियामा आवद्ध क्रियाशिल पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।
पत्रकार झा नेपाल प्रेस युनियन मधेश प्रदेश कार्यसमिति सदस्य हुन् ।