फागुन—२ बबरगञ्जमा आइतवार (आज) नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ ले आयोजना गरेको आम सभा तथा पार्टी प्रवेश कार्यक्रमा बिभिन्न पार्टी परित्याग गरी ७ सय बढी नेपाली कांगे्रसमा प्रवेश गरेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. १ का क्षेत्रीय सभापति प्रमोद बरालले जानकारी दिए ।
जनता समाजवादी पार्टी (जसपा) का बरिष्ठ नेता राजेन्द्र महतोको गाउँमा चलेको नेपाली कांग्रेस प्रवेशको लहरलाई नेपाली कांग्रेस सर्लाहीले अर्थपूर्ण रुपमा लिएको छ । बिभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रबेश, नबप्रबेशीलाई उपसभापति निधिले कांग्रेसमा स्वागत गरेका छन् ।
सर्लाहीको दक्षिण–पूर्वी ग्रामीण भेगमा पर्ने चन्द्रनगर गाउँपालिका–२, बबरगञ्जमा एकै दिन जनता समाजवादी पार्टी (जसपा) का नेता रामविश्वास राय, सामाजिक अभियन्ता राजकुमार महतोलगायत ७ सय बढी नेपाली कांग्रेसमा प्रवेश गर्नुलाई आफुहरुले अर्थपूर्ण ढंगले हेरोको नेपाली कांग्रेस सलाहीले जनाएको छ ।
नबप्रबेशी सामाजिक अभियन्ता राजकुमार महतोलाई उपसभापति निधि र कांग्रेस चन्द्रनगर गाउँ सभापति जयसिंह दनुवारले नेपाली कांग्रेसको झण्डा, विधान हस्तान्तरण गरेर स्वागत गरे ।
लामो समय सामाजिक अभियन्ताकारुपमा समाजका बिपन्न वर्ग संग निकट रहेका महतोको प्रवेश संगै त्यस क्षेत्रका मुसहर समुदायको प्रवेशको लहर देखिन्थ्यो ।
सभामा पार्टी प्रवेश गरेका मध्य बाट मन्तव्य राखेका राजकुमार महतोले चन्द्रनगर गाउँपालिकामा तानाशाह प्रवृत्ति लादिएको गुनासो गरे ।
प्रवेशीलाई पार्टीम स्वागत गर्दै कांग्रेस उपसभापति निधीले राणा र राजाहरु फालेको देशमा स्थानीय तानाशाहीहरुलाई आगामी निर्वाचनबाट कांग्रेसले परास्त पार्ने दावी गरे ।
उपसभापति निधीले नेपालका कम्युनिष्टहरुले रणनैतीक लोकतन्त्र मात्र स्विकार गरेको बताए । उनले नेपाली कांग्रेस कम्युनिष्ट जस्तो ढोगी लोकतन्त्रवादी पार्टी नरहेको तर्क गरे । उपसभापति निधीले गत निर्वाचनमा जनताले ढोगी लोकतन्त्रवादीलाई बहुमत दिएकाले मुलुकमा लोकतन्त्र खतरामा परेको तर्कगर्दै बबुलको वृक्ष रोपेर फलको आष गर्न नहुने बताए ।
लोकतान्त्रिक पार्टी काँग्रेसलाई अदालतले सुनाउने निर्णय स्वीकार्य हुने निधीले बताए । संसद् विघटनको सबालमा काँग्रेस सर्वोच्च अदालतको फैसला कुरेर बसिरहेको बताए ।
अदालतले निर्वाचनको पक्षमा फैसला गरे कांग्रेस त्यसलाई स्वीकार गरेर निर्वाचनको तयारीमा लाग्ने र संसद् पुनस्र्थापनाको पक्षमा फैसला गरे अझ सशक्त भएर संसदमा प्रस्तुत हुने बताए ।
उपसभापति निधीले कार्यकर्ताहरुलाई पनि अदालतको निर्णय पर्खन आग्रह गरे । तर प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक रहेकाले यसको विरुद्धमा भने काँग्रेसले प्रदर्शन जारी नै राख्ने र ३ गते देशै भर हुने बिरोध सभाको तयारीमा लाग्न आग्रह गरे ।
पूर्व गृहमन्त्री समेत रहेका नेता निधीले कम्युनिष्ट र मधेसवादी दलका कारण देशमा सङ्कट पैदा भएको आरोप लगाउँदै लोकतन्त्रको रक्षा र विकासका निम्ती अबको निर्वाचनमा काँग्रेसलाई जिताउन आग्रह गरे ।
कांग्रेस चन्द्रनगर गाउँ सभापति जयसिंह दनुवारको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु रामकृष्ण यादव, महालक्ष्मी उपाध्याय (डिना), शम्भुलाल श्रेष्ठलगायतले सम्वोधन गरे ।
कार्यक्रममा केन्द्रीय सदस्य जंगिलाल राय, जिल्ला सभापति नागेन्द्र कुमार राय,पूर्व सभापति सत्यदेव सिंह दनुवार,भिखारी मन्सुर पूर्व साभासद् हरेस महतो, रामचन्द्र चौधरी,ब्रम्हनाराण चौधरी ,प्रदेश सांसद विरेन्द्र सिंह,उपेन्द्र महतो ,श्यामपरी देवी ,उप सभापतिहरु सुरेन्द्र सिंह ,रामवली राय, सचिव नविन अधिकारी ,कोषाध्यक्ष बावुकाजी प्रधान क्षेत्रीय सभापतिहरु प्रमोद बराल,दिनेश मिश्र,पुन्यप्रसाद घिमिरे,र रामआश्रे साह लगाएतको सहभागिता रहेको थियो ।