चियोचर्चो खबर
धनकौल, माघ,२६—नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ को क्षेत्रिय कार्यालय उद्धघाटन गरिएको छ ।
कार्यालको प्रमुुख अतिथि प्रदेश सभा सदस्य एवं कृषि तथा भुमि व्यवस्थापन समितिका सभापती बिरेन्द्र प्रसाद सिंहले सोमवार उद्धघाटन गरेका हुन ।
लामो समय देखि क्षेत्रिय कार्यालय नहुदाँ आफुहरुलाई पार्टीको गतिविधि सञ्चालनमा समस्या भएको र अव कार्यलाय सञ्चालनले सहजता हुने नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ का क्षेत्रिय सभापति रामआश्रय साहले विस्वास गरे ।
क्षेत्रिय सभापति रामआश्रय साहको सभापतित्व मा भएको उद्धघाटन कार्यक्रमका प्रमुुख अतिथि तथा प्रदेश सभा सदस्य बिरेन्द्र प्रसाद सिंह, अर्का प्रदेश साभा सदस्य उपेन्द्र प्रसाद कुशुवाह लगाएत सयौं नेता कार्यकर्ताको उपस्थिती रहेको नेपाली कांग्रेस सर्लाही क्षेत्र नं. ४ ले जनाएको छ ।