सर्लाही,पुस-२५,जिल्लाकाे हरिपुर नगरपालिकाको ११ औँ नगरसभा सोमवार सुरु भएको छ। आज सुरू नगरसभाको संविधानसभाका सदस्य रामचन्द्र चौधरी र रञ्जना सरकारले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
नगर प्रमुख (मेयर) गोपाल पजियारको अध्यक्षतामा आयोजित नगरसभाको उद्घाटन समारोहमा नगरका उपप्रमुख निलम देवि राय यादव, प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेल, नौवटै वडाध्यक्ष ,कार्यापालिका सदस्य पूर्व नगरप्रमुख जमिरुदिन मन्सुर काँग्रेसका नगर सभापति धुवनाराण चौधरी, नेकपा एमालेका नगर संयोजक माधव सरकार ,नेपाली , काँग्रेसका वडा सभापति खेटराज सुवेदी लगायतकाले ११ औ नगरसभामा शुभकामना मन्तव्य गरेका थिए।
उपप्रमुख निलम देवी रायका अनुसार नगरसभामा केहि महत्त्वपूर्ण विधेयक पारित गर्ने छ । जारी नगरसभामा चालु आर्थिक वर्षको संचालन हुन बाकी रहेका केही योजनालाई थप छलफल गरि रकमान्तर गरिने उनले बताइन् ।
चालु आर्थिक वर्षमा हरिपुर नगरपालिकाले प्राप्त गरेको ५९ करोड बजेट मध्ये १७ करोडौं भन्दा बढीको रकम खर्च गरिसकेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर भुजेलले बताए । पहिलो चौमासिक योजनामा नगरलाई प्राप्त नभएकाे बजेट सिलिङ अनुसार खर्च गर्न समस्या परेको उनले बताए ।
नगरलाई राजस्व वाडफाडबाट आउनुपर्ने रकम मध्ये ३ करोड मात्र आएकोले समयमा कर्मचारीलाई तलब खुवाउन समेत मुस्लिम परेको उनकाे भनाइ छ।
त्यसैगरी वितिय समानिकरणको १४ करोडौं मध्ये , ६ करोड मात्र नगरलाई प्राप्त भएको छ। समयमा विकास निर्माण गर्न र कार्यक्रम संपन्न गर्न सरकारले दिएको सिलिङ अनुसारको रकम नआएको कारण समस्या परेको प्रशासकीय अधिकृत भुजेलको भनाइ छ।
स्थानीय सरकार नागरिक प्रति जवाफदेही हुनका लागि नगरपालिकाले चौमासिक रुपमा सुनुवाइ कार्यक्रम गर्ने र सबै नगरबासीलाई सूचनाको प्रत्याभूति हुने गरि काम गर्ने प्रशासकीय अधिकृत भुजेलले बताए ।