जनकपुर,भाद्र २—प्रदेश नं.२ सरकारका महिला बालबालिका युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंहले एक ध्यानाकर्षण पत्र जारी गर्दै जनप्रहार खबरद्वारा प्रकाशित समाचार प्रती आफ्नो गम्भिर ध्यानार्कषण भएको जनाएका छन् । उक्त पत्रिकाको २०७८ भाद्र १ गते प्रकाशित सर्लाहीमा सरकारी कर्मचारी लागुऔषधसहित पक्राउ शिर्षकको समाचारमा पक्राउ परेका कर्मचारी मन्त्रीकै आफ्न्त हुन भनिएको छ ।

आफ्नो जातिय समुदायकासमेत नरहेका व्यक्तिलाई सिंह थर भएकै आधारमा मन्त्रीको आफन्त भएको भन्दै अप्रमाणित र भ्रमित गर्ने समाचार प्रकाशन गरेर आफ्नो प्रतिष्ठा र सम्मानमा समेत आँच पुर्याको ध्यानाकर्षण पत्रमा भनिएको छ ।
ध्यानाकर्षण पत्र मार्फत मन्त्री सिंहले भ्रमपूर्ण समाचार लेख्ने संवाददाता कतै बाट संचालित वा पुर्वाग्रही भएर यस्तो अपुष्ट समाचार सम्प्रेषण गरेको उल्लेख गरेका छन् । मन्त्री सिंहको निजी सचिवालयले ध्यानाकर्षण पत्र मार्फत भ्रत्सना गर्दै उक्त पत्रिकाले दोषि संवाददातालाई कारवाही गर्नुका साथै क्षमा याचना सहित खण्डन प्रकाशन गराउन आग्रह गर्दै, प्रेस काउन्सिल नेपाल, काठमान्डौ र मिडिया काउन्सिल, प्रदेश नं.२, जनकपुर धाम, धनुषामा उजुरी दर्ता गराएको छ ।